सेयर मार्केट

सेयर बजार नयाँ उचाइमा, १५ अर्ब बढीको कारोबार

stock market

१२ साउन, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्सेले नयाँ रेकर्ड बनाएको छ । यस दिन परिसूचक ३ हजार ७९ अंकमा पुगेको छ, जुन अंक अहिलेसम्मकै उच्च हो ।

यसअघि आइतबार मात्रै परिसूचकले ३ हजार ५८ अंकको रेकर्ड बनाएको थियो । सोमबार ८ अंकले घटेको बजार आज फेरि २९‍.२ अंकले बढेको हो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यस दिन १५ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन कमाउनेमा जलविद्युतका लगानीकर्ता अगाडि रहे भने गुमाउनेमा लघुवित्तका लगानीकर्ता अघि रहेका छन् । हिजो मात्रै राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेमा सोको ५० प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाका कारण आज लघुवित्त कम्पनीको मूल्य उच्च दरले घटेको हो ।

समूहगत रुपमा हेर्दा बैंकिङ ३, ब्यापार २, होटल तथा पर्यटन १८ र माइक्रोफाइनान्स समूह ११६ अंकले घटेका छन् । विकास बैंक ३५, जलविद्युत ११९, फाइनान्स ७१, निर्जीवन बीमा १२०, उत्पादन ३०५, जीवन बीमा २६० र अन्य समूह ६० अंकले बढेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस