
१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् ।
१७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएका हुन् । हालसम्म पीसीआर विधिबाट ६ लाख ८५ हजार ६७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १४४ जना संक्रमित भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १७७८ जना कोरोना मुक्त भएर घर फर्किएका छन ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७५८३८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस