मुख्य समाचार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

bishwa poudel

१२ साउन, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।

पौडेल युवा अर्थविद्का रुपमा चर्चित छन् । ​मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका डा. पुष्प कँडेलले राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले पौडेललाई ल्याएको हो । त्यस्तै, योजना आयोगका सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस