अर्थनीति

नेपाल उद्योग परिसंघको उपाध्यक्षमा हेमराज ढकाल

hemraj

१२ साउन, काठमाडौं । आईएमई ग्रुपका कार्यकारी प्रबन्ध निर्देशक हेमराज ढकाल नेपाल उद्योग परिसंघको उपाध्यक्षमा चयन भएका छन् ।

परिसंघको १८ औं वार्षिक साधारणसभाबाट ढकाल सर्बसम्मत उपाध्यक्ष पदमा चयन भएका हुन् ।​ परिसंघमा ढकालसहित निर्वाण कुमार चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, बीरेन्द्रराज पाण्डे, राजबहादुर शाह र रोहित गुप्ता गरी सात जना चयन भएका छन् ।

साधारणसभाले यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका विष्णुकुमार अग्रवाललाई अध्यक्षमा चयन गरिसकेको छ । परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश अग्रवाल वा निर्वाण चौधरी प्रतिस्पर्धामा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस