मुख्य समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुन बरामद

sun sahit pakrau

१२ साउन, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १ किलो १६५ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । मंगलबार हिमालय एयरको उडानद्वारा दुवईबाट काठमाडौं आउँदै गरेका गोरखा जिल्ला स्थायी घर भएका पदम परियार पक्राउ परेका हुन् ।

परियारको गतिविधि शंकास्पद देखिएपछि एक्स रे मा चेकजाँच गर्ने क्रममा कफि मेकरभित्र फलामे कप आकारको ३ पत्रले बनेको धातुको बीचमा सुन बरामद भएको प्रहरीले जनाएको छ । उक्त सुनको तौल ११६५ ग्राम रहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस