१२ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले पौडेल र यादवलाई पदमुक्त गरेकी हुन् ।
उनले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम उनीहरूलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरले जानकारी दिए ।
मन्त्रिपरिषद्काे आजकाे बैठकले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको थियाे ।
प्रतिक्रिया दिनुहोस