मुख्य समाचार

गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुखमा नियुक्त

Amik Serchan and Prithviman Gurung

१२ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरले जानकारी दिए ।

मन्त्रिपरिषद्काे आजकाे बैठकले गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको थियाे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस