१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीन्केनबीच टेलिफोन वार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई नेताबीच नेपाल र अमेरिकाबीचको समान चासोका विषय, कोभिड–१९ विरुद्धको लडाइँमा सहकार्य तथा जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो ।
https://twitter.com/MofaNepal/status/1420041732687753228
ब्लीन्केनले पनि सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री देउवासँग कुराकानी गर्नु पाउँदा खुसी व्यक्त गरेका छन् ।
I had the pleasure to speak with Nepali Prime Minister Deuba today. We discussed the advancement of the U.S.-Nepal partnership including cooperation on our shared fight against COVID-19 and the effects of climate change.
— Secretary Antony Blinken (@SecBlinken) July 27, 2021
प्रतिक्रिया दिनुहोस