समाचार

यी नदीमा आज आउन सक्छ बाढी

flood

१३ साउन, काठमाडौं । देशका विभिन्न भागमा भइरहेको वर्षाका कारण केही नदी तथा खोलाहरुमा पानीको बहाव बढ्नसक्ने सम्भावना रहेको छ । आज कोशी र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा सतर्कता आसपास पुग्न सक्ने बताइएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने, नारायणी र यसका सहायक नदीहरुमा बहाब सामान्य घटबढ हुने पूर्वानुमान छ ।

आज प्रदेश १ को ताप्लेजुङ र संखुवासभा प्रदेश २ को सप्तरी, सिराह, धनुषा, महोत्तरी, वाग्मती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, रसुवा, नुवाकोट, र धादिङ, गण्डकी प्रदेशको लमजुङ, बाग्लुङ र पर्वत भएर बहने स–साना नदीहरुमा पानीको बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने विभागले जनाएको छ ।

लुुम्बिनी प्रदेशको प्युठान, गुल्मी, रुपन्देही, दाङ्ग, बाँके र बर्दिया, कर्णाली प्रदेशको दैलेख र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कंचनपुर, डोटी र डडेलधुरा भएर बहने स–साना नदीहरुमा पानीको बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने विभागले जनाएको जानकारी दिएको छ । पानीको बहाव बढ्ने क्षेत्रका नदीका तटीय क्षेत्रमा बस्ने स्थानीयलाई सतर्क रहन विभागले आग्रह गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस