समाचार

मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको भागबन्डा मिलाउने जिम्मा शीर्ष नेतालाई

sattarudh gathabandhan

१३ साउन, काठमाडौं । सत्तारूढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तार गर्ने, मन्त्रालयको भागबन्डा मिलाउनेलगायत विषयमा शीर्ष नेता बसेर चाँडै सहमतिमा पुग्ने समझदारी भएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा यस्तो समझदारी भएको हो ।

सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम बनाएर सोअनुसार अघि बढ्ने समझदारी भएको बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) आफ्नै आन्तरिक व्यवस्थापनमा लाग्दा साझा कार्यक्रम निर्माण गर्न ढिलाइ भएको गठबन्धनको कार्यदलका संयोजकसमेत रहेका खड्काले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस