खेलकुद समाचार

टोकियो ओलम्पिक : गौरिकाले आज प्रतिस्पर्धा गर्दै

gaurika

१३ साउन, काठमाडौं । टोकियो ओलम्पिकअन्तर्गत नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजे पौडिवाज गौरिका सिंहले १ सय मिटर फ्रिस्टायलमा  प्रतिस्पर्धा गर्दैछिन् । प्रतिस्पर्धामा ५२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् र शीर्ष १६ स्थानमा रहने खेलाडी हिट चरणबाट दोस्रो चरणमा छनोट हुनेछन् ।

सय मिटर फ्रिस्टायलमा गौरिकाको नाममा नेपालको राष्ट्रिय कीर्तिमान छ । उनले १३ औँ सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । टोकियोमा आफ्नो टाइमिङ सुधार्ने गौरिकाको लक्ष्य छ ।

टोकियो ओलम्पिकमा मङ्गलबार नेपाली पूरुष खेलाडी एलेक्जान्डर शाहले सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिएका थिए । तर उनी दोस्रो चरणमा भने पुग्न सकेनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *