मुख्य समाचार

राष्ट्रपतिद्वारा पहिलो युद्ध संग्रहालयको उद्घाटन (तस्बिरहरु)

Sindhuligadi

१३ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्व संग्रहालयको उद्घाटन गरेकी छन् ।

संग्रहालय उद्घाटनको लागि राष्ट्रपति भण्डारी बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी आएकी थिइन् । कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले युद्व संग्रहालय निर्माण गरेको हो ।

२०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो । ६ करोड ५० लाख रुपैयाँको लागत र करिब डेढ वर्षको अवधिमा निर्माण सम्पन्न भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ ।

संग्रहालयमा वीर योद्धाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियारलगायत राखिएका छन् ।

Sindhuligadi1 Sindhuligadi2 Sindhuligadi3 Sindhuligadi4 Sindhuligadi5 Sindhuligadi6

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस