सुनचाँदी

बुधबार सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो

gold shop

१३ साउन, काठमाडौं । बुधबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य भने घटेको छ । यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य घटेको छ । यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले घटेको हो । महासँघका अनुसार यस दिन चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *