बागमती प्रदेश

मकवानपुरमा पाँच हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिने

exam

१३ साउन, मकवानपुर । यही साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा मकवानपुर जिल्लाबाट पाँच हजार ३९१ विद्यार्थी सहभागी हुने  राष्ट्रिय परीक्षा बोर्डको कार्यालय हेटौंडाले जनाएको छ ।

विश्वव्यापीरूपमा  महामारीका रुपमा फैलिएको  कोरोना जोखिम नै रहेको अवस्थामा विद्यार्थीहरुको  भौतिक  उपस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी परीक्षा सञ्चालन हुने कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले बताए । यस वर्ष विद्यार्थीले आफू अध्ययनरत कलेज तथा विद्यालयबाट  कक्षा १२ को परीक्षामा सहभागी हुन पाउनेछन् ।

जिल्लाको सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने मकवानपुर बहुमुखी क्याम्पसबाट एक हजार ३०० विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने सो क्याम्पसले जनाएको छ । त्यस्तै हेटौँडा क्याम्पसबाट अनियमिततर्फ ३१३ जना विद्यार्थी कक्षा १२ को सो परीक्षामा सहभागी हुने हेटौँडा क्याम्पसका प्रमुख देवेन्द्र मानन्धरले बताए । हेटौँडा बाहिर घर भएका विद्यार्थीहरु परीक्षाका लागि आउन शुरु गरिसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस