
१३ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बुधबार नेपाल स्टक एक्सचेन्ज सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा बिक्री गरेको समेत गरी कुल ६० लाख ८४ हजार एक सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । बिहीबार यही रेञ्जमा आधारित रहेको कम्पनीको शेयर कारोबार खुल्नेछ ।
लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो । निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।
प्रतिक्रिया दिनुहोस