समाचार

फर्पिङबाट जीवित कछुवासहित तीन जना पक्राउ

pakrau

१३ साउन, काठमाडौं । जीवित कछुवासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले तीन जनालाई दक्षिणकाली नगरपालिका वडा नम्बर ६ फर्पिङबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

उनीहरूलाई प्रहरीले मंगलबार फर्पिङबाट पक्राउ गरेको हो । मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय विशाल सुनार, ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय भुवन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *