१३ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार थप १५.३० अंकको वृद्धि सँगै ३१ सय नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गत मंगलबार अधिकतम २९.२४ अंकले बढेर ३ हजार ७९.६७ विन्दुमा पुगेकोमा बुधबार थप १५.३० अंकले बढेर नेप्से ३ हजार ९४.९४ विन्दुमा पुगेको हो ।
यस दिन बैकिङ्ग, हाइड्रो पावर, म्युचुअल फण्ड बाहेकका प्रायः सबैजसो समूहहरूको बजार चम्किदा समग्र नेप्से सूचकमा १५ अंकमाथिको सुधार आएको हो । नेप्सेका अनुसार यस कुल २१९ कम्पनीका २ करोड ८२ लाख ७० हजार कित्ता माथिको सेयर बजारमा १ लाख २८ हजार पटक बढी किनबेच हुँदा १३ अर्ब २९ कारोड १९ लाखको कारोबार भएको छ ।
गत मंगलबार एकैदिन अधिकतम २९.२४ अंकले नेप्से बढेको बजारमा १५ अर्ब १७ करोडको रुपैयाँ बराबरको कारोबार भएको थियो ।
गत सोमबार ८.२४ अंकले घटेको बजारमा १४ अर्ब १३ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।