मुख्य समाचार

बालाजुको सोफा फ्याक्ट्रीमा भीषण आगलागी, तस्बिरमा हेर्नुहोस् !

agolagi

१३ साउन, काठमाडौं । काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा बुधबार दिउँसो भीषण आगलागी भएको छ ।

प्रहरीका अनुसार दिउँसो ३ः ४५ मा आगलागी सुरु भएको हो । आगलागी सुरु भएलगत्तै प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोली लगायत स्थानीयवासीको संयुक्त पहलमा आगो नियन्त्रणमा लिइएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा तयारी अवस्थामा रहेको एक सय थान सोफासहित करोडौंको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।

agolagi1

agolagi2

agolagi3

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस