अर्थनीति

अर्थमन्त्रीले स्वास्थ्य राज्यमन्त्रीलाई भने : खोपको व्यवस्था गर्नूहोस्, बजेटकाे कमी हुँदैन

Janardan umesh

१३ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । बुधवार स्वास्थ्य राज्यन्त्री उमेश श्रेष्ठसँग अर्थमन्त्रालयमा छलफल गर्ने क्रममा उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गरे । खोप खरिदको लागि पैसाको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउन सुझाव दिए ।

असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्र समेत धरापमा पर्नसक्ने भन्दै उनले खोप खरिदको लागि बजेटको कमी हुन नदिने बताए । देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकाले विकास निर्माणको लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेरै भएपनि खोप खरिदमा लगाइने प्रतिवद्धता व्यक्त गरे । मन्त्री शर्माले प्राप्त भएका खोप समेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरे ।

छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने प्रतिक्रिया दिए । उनले सम्भव भएसम्म चाडो खोप खरिद गर्ने काममा कुनै विलम्ब नहुने बताए । प्राप्त भएका खोप लगाउनको लागि कार्ययोजना बनाइएको र अब योजनावद्ध रुपले खोप कार्यक्रमले गति लिने विश्वास राज्यमन्त्री श्रेष्ठले दिलाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *