![covid19 Death body](https://www.nmbnews.com/wp-content/uploads/2021/02/nmb-watermark-image.jpg)
१३ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।
यसअघि मंगलबार देशभर ३८९९ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस