अर्थनीति

अटोमोबाइल क्षेत्रलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्री श्रेष्ठसँग नाडाको माग

nada

१३ साउन, काठमाडौं । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वको नाडा प्रतिनिधि मण्डलले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग छलफल गरेको छ । सरकारका तर्फबाट नेपालको अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउने विषयमा छलफल गरेकोे नाडाले जनाएको छ ।

छलफलमा राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिएको नाडाले जनाएको छ । सो क्रममा नाडाका उपाध्यक्ष चौधरीले कोभिड १९ को कारण नेपालको समग्र अटोमोबाइल व्यवसाय नै समस्यामा परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोबाइल क्षेत्रबाट प्राप्त गर्ने राजश्वमा समेत परेको बताए । उनले कोरोना महामारीका कारण भएको लकडाउन हाल केही खुकुलो भए पनि नेपालको अटोमोबाइल क्षेत्रका व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र श्रमिकहरु खोप नपाउँदा समस्यामा परेको बताए ।

नाडा प्रतिनिधि मण्डलले स्वास्थ्य सचिव लक्ष्मण अर्यालसँग पनि छलफल गरेको थियो । सचिव अर्यालले निजीक्षेत्रले समेत खोप आयात गरी वितरण गर्न सकिने व्यवस्था भएकोले त्यसका लागि प्रयास गर्न आग्रह गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस