मुख्य समाचार

देउवा–प्रचण्ड भेटवार्ता, मन्त्रिमण्डल विस्तारको तयारी

deuba and prachanda

१४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिमण्डल विस्तारका विषयमा झण्डै एक घण्टा भेटवार्ता भएको हो ।

अध्यक्ष प्रचण्डले सम्भावित मन्त्रीहरुबारे देउवासँग छलफल गरेको माअ‍ोवादी केन्द्रका एक नेताले जानकारी दिए । ‘मन्त्रीकाे नाम स्थायी कमिटी बैठकले टुंगो लगाउने भनिएको छ । अहिलेसम्म लगाएको छैन् । सम्भावित मन्त्रीहरुबारे प्रारम्भिक छलफल भएको हो,’ ती नेताले भने।

प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनसँग चाँडै मन्त्रीको नाम उपलब्ध गराउन आग्रह गरिसकेका छन् । मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको भन्दै प्रधानमन्त्री देउवाले चाँडै नाम उपलब्ध गराउन आग्रह गरेका हुन् ।

माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले आजै मन्त्रीको नाम दिए भोली मन्त्रीको शपथ गराउन देउवाको तयारी छ । देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएपनि गठबन्धनबाट मन्त्रीको नाम उपलब्ध गराउन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन् । बुधबार बसेको सत्ता गठबन्धनको बैठकले शुक्रबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस