समाचार

सेनाको बख्तरबन्द गाडी अभ्यासको लागि सडकमा गुड्दै

bhaktar banda gadi

नेपाली सेनाले सकल दर्जाको ‘ड्राइभिङ स्किल’ वृद्धि गर्न भन्दै ‘मेकानाइज्ड युनिट’हरुबाट सेनाले सडकमा बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल)को अभ्यास गर्ने भएको छ ।

स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा ‘रोड ड्राइभिङ’ अभ्यास सञ्चालन गर्ने योजना रहेको नेपाली सेनाको मुख्यालय जंगी अड्डाले जानकारी दिएको छ ।

काठमाडौंको सीतापाइलामा तैनाथ गणले आउँदो भदौदेखि चैतसम्म, सुनसरी ब्यारेक इटहरीमा तैनाथ गुल्मले साउनमा तथा बोराडाँडी ब्यारेक कैलालीमा तैनाथ गुल्मले साउन र भदौमा रोड ड्राइभिङ अभ्यास सञ्चालन गर्ने जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस