१४ साउन, काठमाडौं । दार्चुलामा तीन किलो यार्सागुम्बासहित एकजना पक्राउ परेका छन् ।
दुहु गाउँपालिका–३, तिमुरपाटाबाट तीन केजी अवैध जडीबुटी यार्सागुम्बासहित व्यास गाउँपालिका–३, सिना बस्ने २४ वर्षीय ग्रेससिंह कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।
सदरमुकाम खलंगातर्फ पैदल आउँदै गरेका उनलाई प्रहरीचौकी ब्रह्मदेवबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त यार्सागुम्बासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
बरामद यार्सागुम्बासहित उनलाई आवश्यक कारबाहीको लागि अपिनाम्पा संरक्षण क्षेत्र दार्चुला पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस