मुख्य समाचार

मन्त्रीको भागबण्डा मिल्यो, काँग्रेसले ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने

Baluwatar meeting

१४ साउन, काठमाडौं । माधव नेपालको सहभागिता विना मन्त्रालय बाँडफाँड गर्ने सत्तारुढ गठबन्धनबीच सहमति जुटेको छ ।

मन्त्री र मन्त्रालय भागबण्डा टुंग्याउने विषयमा भएको सत्तारुढ गठबन्धनबीचको छलफलमा एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिता विना मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

बिहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बैठकले  काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एक नेताले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस