१४ साउन, काठमाडौं । नुवाकोट र सिन्धुलीमा पहिरोको कारण सडक अवरुद्ध भएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–६, गुरुङगाउँस्थित टोखा–छहरे सडकखण्डमा हिजो साँझ पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । अस्थायी प्रहरी पोस्ट गुर्जेबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
यसैगरी, नुवाकोटको विदुर नगरपालिका–२, स्थितखोल्सामा अविरल वर्षाको कारण गए राति गल्छी–रसुवा सडकखण्ड करिब १० मिटर भत्किँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, अकरे भिरस्थित मध्यपहाडी राजमार्गमा आज बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस