
१४ साउन, काठमाडौं । सेयर बजार अवाञ्छित सेयर किनबेचको हल्लाका बीच अर्थमन्त्रालयले धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष भीष्मराज ढुंगानासँग स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष ढुंगानाले छोरीको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेको सम्बन्धमा यथार्थतथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएकाे छ ।
अर्थमन्त्रालयले ढुगांनाले अमेरिकमा बस्ने छोरी रेबिकाको नाममा १० हजार कित्ता शेयर किनेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो ।
‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको त्यहाँ बोर्डसँग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य र यर्थाथ के हो ? सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र उपलब्ध गराइ दिनु हुन अनुरोध गरिन्छ,’ अर्थमन्त्रालले सोधेको स्पष्टीकरणमा भनिएको छ ।