१४ साउन, काठमाडौं । बिहीबार सेयर बजार १५ अंकले घटेको छ । सो अंकको गिरावटसँगै परिसूचक ३ हजार ७९ अंकमा कायम भएको छ भने १० अर्ब ९० करोडको सेयर कारोबार भएको छ । यस दिन होटल तथा पर्यटन र विकास बैंक समूह मात्रै बढेका छन् ।
होटल तथा पर्यटन समूह ४५ अंकले बढेको छ भने विकास बैंक समूह ५३ अंकले बढेको छ । यसैगरी, बैंकिङ १०, ब्यापार ४, जलविद्युत २८, फाइनान्स ५३, निर्जीवन बीमा ६९, उत्पादन ५३, अन्य १२, माइक्रोफाइनान्स ४ र जीवन बीमा समूह ८६ अंकले घटेको छ ।
कम्पनीअनुसार हेर्दा रिडी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ । सो कम्पनीको मूल्य प्रतिकित्ता ७२९ रुपैयाँ कायम भएको छ । आजबाट कारोबार सुरु भएको जीवन विकास लघुवित्तको मूल्य ८ प्रतिशतले बढेको छ । प्रतिकित्ता ९१४ रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको अन्तिम मूल्य ९८९ रुपैयाँ कायम भएको छ ।
यसैगरी,सप्तकोसी विकास बैंक, युनाइटेड इदी मर्दी, चन्द्रागिरि हिल्सको मूल्य क्रमशः ७.६, ७.५ र ६ प्रतिशतले बढेको छ ।
यस दिन गुमाउनेमा भने गुडविल फाइनान्सका लगानीकर्ता अघि रहे । सो कम्पनीको मूल्य ७.३ प्रतिशतले घटेको छ । माउन्टेन हाइड्रो नेपालको ६, जानाकी फाइनानसको ५.५ प्रतिशतले मूल्य घटेको छ ।