मुख्य समाचार

कोरोना संक्रमण बढेपछि सीसीएमसीको बैठक बस्दै

deuba

१५ साउन, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक बस्दै छ । नेपालमा कोरोना संक्रमणदर फेरि उकालो लाग्न थालेपछि शुक्रबार सीसीएमसीको बैठक बस्न लागेको हो ।

शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा बस्न लागेको बैठकमा कोरोना नियन्त्रण तथा रोकथामका उपायका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पछिल्लो केही साता यता कोरोना संक्रमण बढेको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाएको छ । बिहीबार मात्रै ३ हजार ३ सय ६५ नयाँ संक्रमित थपिएका थिए । संक्रमणदर बढेसँगै अस्पतालका आइसीयू र भेन्टिलेटर भरिन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस