समाचार

नेपालमा १०४ वर्ष पहिल्यै थियो सुरुङमार्ग

surung

१५ साउन, काठमाडौं । नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ । तर, तपाईं–हामी धेरैलाई थाहा छैन, करिब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो । सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबी गर्दै आएका छन्। जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो । यसलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको थियो ।

यसको लम्बाइ सुरुमा ५ सय मिटर थियो । एकातर्फका भाग पहिरोले पुरिएपछि १ सय ९८ मिटर बाँकी रहेको जनाइएको छ । चौडाइ २.५ मिटर र उचाइ तीन मिटर छ । पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा सन् १९१७ मा बाराको अमलेखगन्जबाट मकवानपुरको हेटौंडा छिचोल्न यो सुुरुङमार्ग निर्माण गरिएको थियो। त्यस समय भारतबाट अमलेखगन्जसम्म रेल आउँथ्यो ।

अब भने बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालयले मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाईस्थित सुरुङमार्गको पुनर्निर्माण थालेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार पुनर्निर्माण कार्यको शिलान्यास गरेका छन् । ‘यो इतिहास नयाँ पुस्तालाई हस्तान्तरणसँगै पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने हामीले अपेक्षा लिएका छौं’, मुख्यमन्त्री पौडेलले भने ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस