समाचार

टोखालाई चीनको नाङसु नगरद्वारा स्वास्थ्य सामग्री सहयोग

ppe

१५ साउन, काठमाडौं । टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

टोखाका नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरपालिकाका प्रतिनिधिले केरुङमा हालै आयोजित कार्यक्रममा अक्सिजन कन्सेट्रेटर, अक्सिजन सिलिन्डर, थर्ममिटर, सेनिटाइजर, एन्टिजन परीक्षण सामग्रीलगायत १३ प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

गत वर्ष पनि नाङ्सुले टोखालाई करीब दुई करोड बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो । ती दुई नगरका बीचमा भगिनी सम्बन्ध  छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस