मुख्य समाचार

लुम्बिनीका प्रदेशमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त

lumbini

१५ साउन, रुपन्देही । लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् ।

जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई लुम्बिनी प्रदेशसभा सचिवालयले पदमुक्त गरेको हो । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै पदमुक्त भएको जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले उनीहरुको पद थमौती गरेपनि पार्टीको नीति र विधान विपरित सरकारमा रहेकाले सांसदबाट पदमुक्त भएको सचिवालयले जनाएको छ। पार्टीको कार्यकारिणी समितिले गरेको कारबाहीको निर्णय अनुसार जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले तीन मन्त्रीको पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा बिहीबार निवेदन दर्ता गरेको हो ।

गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेललाई अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन तीन सांसद सरकारमा मन्त्री भएका थिए । पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएको र पटक पटक पार्टीको ह्विप उल्लंघन गरेकाले जसपाले जनाएको छ ।

सरकारमा गएका चार जना प्रदेशसभा सदस्यमध्ये सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएपछि उनलाई कारबाही नगरेको जसपाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस