
१५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३६११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनामा कोरोना परीक्षण गर्दा ३६११ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१६ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ९३ हजार १०९ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेनबाट ६० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै हालसम्म ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् भने कुल मृतकको संख्या ९ हजार ८३४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस