समाचार

३३ किलाे सुन काण्डमा फरार ‘भाेजे मामा’ गाैशालाबाट पक्राउ

arrest

१५ साउन, काठमाडौं । ३३ किलो सुन काण्डमा फरार रहेका ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारी पक्राउ परेका छन् ।

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका मोरङको गौरादह नगरपालिका ८ बस्ने भण्डारी पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उनी गौशालाबाट पक्राउ परेका परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस