समाचार

पछिल्लो तीन सातामा विदेशमा कोरोनाका कारण थप ३९ नेपालीको मृत्यु

covid 19 dead body

१६ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड-१९)का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार मलेसियामा ३७ जना इराक र युगान्डामा १–१ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार हालसम्म भारतसहित विश्वभर २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको कोभिड–१९ का कारण निधन भएको छ । इराकमा पहिलो पटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् ।  सापकोटाका अनुसार विगत दुई सातामा मलेसिया  र भारतमा रहेका नेपालीमा  भने थप कोरोना संक्रमण देखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस