
१६ साउन, रौतहट । रौतहटमा प्रहरीले होटलमा तास खेल्दै गरेको अवस्थामा शनिबार ९ जनालाई पक्राउ गरेको छ । तासको खालबाट ईलाका प्रहरी चन्द्रनिगाहपुरको टोलीले २ लाख बढी नगद बरामद गरेको छ ।
चन्द्रपुर नगरपालीका–४ स्थित होटल अशोकाको कोठा नम्बर ३०१ मा तास खेल्दै गरेको सूचनापछि प्रहरीले छापा मारेको थियो ।
पक्राउ पर्नेमा गरुडा नगरपालिका–४ गरुडा बजारका रामशरण चौरसिया, जयप्रकाश साह, अशोक चौधरी, हरिष जयसवाल, मुकेश साह, रोहित जयसवाल, जंगबहादुर यादव, उमेश राय र उपेन्द्र राउत रहेको जिल्ला प्रहरी गौरले जनाएको छ ।
पक्राउपछि उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस