समाचार

न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु

bipin lamsal

१७ साउन, अमेरिका । अमेरिकाको न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका २८ वर्षीय नेपाली युवा विपिन लम्सालको मृत्यु भएको छ । २०१६ मा अमेरिका पुगेका पर्वत जिल्लाका लम्सालको गत जुलाई २७ तारिख मङ्गलबारका दिन अचानक मृत्यु भएको हो ।

घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि नजिकैको एलमस्ट अस्पताल पुर्याइएको थियो । केही समयमा नै अस्पतालले लम्साललाई मृत घोषणा गर्याे ।

सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा विपिन लम्सालको २८ वर्षकै उमेरमा असामयिक निधन भएको दुखद घटनाप्रति एनआरएनए अमेरिका परिवार मर्माहत भएको छ । साथै, आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस