समाचार

ओखलढुंगामा कोरोनाबाट थप दुईजनाको मृत्यु

covid19 Death body

१७ साउन, ओखलढुंगा । कोरोना संक्रमणबाट यहाँ थप दुई पुरुषको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

वडा नं ११ का पुरुषको गएराति उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए । कोरोना संक्रमण देखिएपछि यही साउन ९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

यस्तै वडा नं १२ का एक पुरुषको आज बिहान मृत्यु भएको छ । उनी यही साउन १४ गते कोरोना सङ्क्रमित भएर अस्पतालमा भर्ना भएका थिए । उनको अस्पतालमा उपचाररत रहँदा नै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँ कोरोना संक्रमण भएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस