१७ साउन, काठमाडौं । भुटानले नेपाललाई कोरोना विरूद्धको भ्याक्सिन दिने खबर आएको भन्दै काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले धन्यवाद दिएका छन् ।
आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले भुटानले नेपाललाई ५ लाख डोज खोप दिन लागेको खबर मिडियामा आएको भन्दै यदि सो खबर ठीक हो भने भुटानलाई त्यसका लागि धन्यवाद दिने बताए ।
उनले सो खोप केही जेष्ठ नागरिकका लागि सहयोगी हुने आशा ब्यक्त गरे । साथै उनले नेपाल परराष्ट्र नीतिमा प्रष्ट हुनुपर्ने कुरामा जोड समेत दिए ।
प्रतिक्रिया दिनुहोस