सेयर मार्केट

मनकामना लघुवित्तको शेयर सोमबारदेखि कारोबारमा आउने, ओपनिङ्ग रेञ्ज कति?

mklb

१७ साउन, काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणमा जारी गरेको समेत गरी १२ लाख ११ हजार ५०० कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सेले सोमबारदेखि कारोबार गर्न मिल्ने गरी कम्पनीको शेयर सूचीकृत गरेको हो ।

कम्पनीको शेयर दोस्रो बजारमा पहिलो कारोबारको लागि ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसाको रेञ्ज पाएको छ । सोमबार यहि रेञ्जमा आधारित रहेको कम्पनीको पहिलो शेयर कारोबार खुल्नेछ । लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता मात्रै सर्वसाधारणलाई वितरण गरिएको थियाे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस