सेयर मार्केट

सेयर बजारमा सामान्य अंकको सुधार, कमाउनेमा जलविद्युतका लगानीकर्ता अगाडी

stock market

१७ साउन, काठमाडौं । आइतबार १२ अर्ब १० करोड रुपैयाँको सेयर किनबेच भएको छ । १ दशमलव २५ अंकले हरियो बनेको बजार ३ हजार ८१ अंकमा पुगेको छ । नेप्सेले गत बुधबार ३ हजार ९४ अंकको उच्च रेकर्ड बनाएको थियो ।

यस दिन बैंकिङ ५, होटल तथा पर्यटन ९१, फाइनान्स ३१, निर्जीवन बीमा १७१, अन्य ३१ र जीवन बीमा समूह २०९ अंकले घटेका छन् । ब्यापार ७०, विकास बैंक १९, जलविद्युत ७९, उत्पादन ३४ र माइक्रोफाइनान्स समूह ६५ अंकले बढेका छन् ।

समूहगत रुपमा सबैभन्दा धेरैले बढेको जलविद्युतका लगानीकर्ता नै कमाउनेमा अगाडि रहेका छन् । घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर, कालिका पावर, ग्रीनलाइफ हाइड्रो, युनिभर्सल पावर, जीवन विकास लघुवित्त, ङादी ग्रुप पावरको मूल्य यस दिन १० प्रतिशतले बढेको छ ।

चन्द्रागिरि हिल्सको मूल्य सबैभन्दा धेरै ३.८ प्रतिशतले घटेको छ । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको ३.५, प्रभु इन्स्योरेन्सको ३.१, तारागाउँ रिजेन्सीको ३ प्रतिशतले मूल्य घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस