१७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ६३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ जना र एन्टिजेन विधिबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ । हाल सक्रिय संक्रमितमध्ये २८ हजार ६३ जना होमआइसोलेसनमा, ३ हजार २३५ जना संस्थागत आइसोलेसनमा, ६७७ जना आईसीयूमा र १६९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८७५ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस