कर्पोरेट

स्मार्ट लगानीकर्ताहरुका लागि ज्योति विकास बैंकको “ज्योति स्मार्ट सेभिङ्ग्स” बचत खाता

Jyoti Smart Savings

१७ साउन, काठमाडौं । ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको छ ।

बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो । बैंकको अनुसार यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निःशुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन शुल्क, निःशुल्क सि–आस्वा, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा र निःशुल्क डेबिट कार्डको सेवा सुविधाहरु पाउन सक्नेछन् ।

यसका साथै बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको बार्षिक सेवा शुल्कमा ५०% छुट र धितो रकममा ३०% छुटको सुविधाहरु पनि रहेका छन् । ज्योति स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १०५ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिने बैंकले जनाएको छ । ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस