समाचार

कालीगण्डकीमा बेपत्ता दुई बालक अझै भेटिएनन्

Flood badhi

१७ साउन, बाग्लुङ । बागलुङ नगरपालिका–१ निरयघाटस्थित कालिगण्डकी नदीमा गत बिहीबार दिउँसो पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका यहाँका दुई बालकको स्थिति अझै पत्ता लाग्न सकेको छैन । नदीमा बेपत्ता बागलुङ–४ उपल्लाचौरका १३ वर्षीय अभिषेक विक र यमबहादुर पुनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना थाहा हुनासाथ प्रहरी र बेपत्ताका आफन्तजन खोजी कार्यमा जुटे पनि अझै नभेटिएको जिप्रकाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । “खोजी निरन्तर चलिरहेको छ, अझै केही थाहा हुन सकेको छैन”, उनले भने ।

बेपत्ता दुईसहित उपल्लाचौरका चार बालक बिहीबार दिउँसो १ बजेतिर पौडी खेल्न कालीगण्डकीमा पुगेका थिए । सँगै गएका १० वर्षीय प्रश्न विक र १२ वर्षीय विशन पुन भने सोही दिन नै सकुशल सम्पर्कमा आएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *