१८ साउन, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने बताएका छन् । सय दिने कार्ययोजना सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलन गरेका उनले सुरक्षाबाहेक सरकारबाट तलब-भत्ता, आवास र गाडी सुविधा नलिने घोषणा गरेका हुन् ।
साथै आफू राज्यमन्त्रीको पदमा रहुन्जेल आफू संलग्न व्यवसायको कार्यकारी पदबाट राजीनामा दिने पनि उनले जानकारी दिएका छन् । राज्यमन्त्री श्रेष्ठको शिक्षा, स्वास्थ्य, जलविद्युत्, कृषि, बैंकलगायत क्षेत्रमा लगानी छ ।
श्रेष्ठ राज्यमन्त्री नियुक्त भएलगत्तै व्यापारिक व्यक्तिलाई मन्त्री बनाइएकोमा चौतर्फी विरोधसमेत भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस