बैँक / वित्त

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

claim micro

१८ साउन, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थासँगको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।

उक्त वित्तीय संस्थाको सदस्य रहेकी ३३ बर्षीय रुपा परियारको गत फागुनमा निधन भएको थियो ।

नेपालगन्जमा परिवारको निवासमा एक कार्यक्रम बीच बीमाबाट ६ लाख ४३ हजार रकम पाउनुपर्ने भए पनि संस्थाबाट लिएको ऋण १ लाख ५८ हजार ३ सय ५१ कट्टा गरी केन्द्रिय प्रमुख भगवती भण्डारी र सिटिजन लाइफ इन्स्योरेन्स पश्चिम क्षेत्रका चिफ बिजनेस अफिसर धोज बहादुर खड्काको समन्वयमा परियारको श्रीमान रवि परियारलाई ४ लाख ८४ हजार ६ सय ४९ रुपैयाँ बीमा वापतको चेक हस्तान्तरण गरिएको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस