समाचार

डब्लूएचओले नेपाललाई पठायो ३५०० भाएल ‘एम्फोटेरिसिन बी’

WHO

१८ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपाललाई कालो ढुसीको उपचारमा प्रयोग हुने ३ हजार ५ सय भएल ‘एम्फोटेरिसिन बी’ औषधि सहयोग पठाएको छ । डब्लूएचओले पठाएको उक्त औषधि आइतबार नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

उक्त औषधि म्यकुरमाइकोसिस लगायत अन्य कालो ढुसीका बिरामीको उपचारमा प्रयोग गरिने डा. पौडेलले बताए । कोभिड महामारीपछि भारतले यो औषधि निर्यातमा रोक लगाउँदा नेपालमा कालो ढुसीका बिरामीहरुमा वैकल्पिक औषधि प्रयोग हुँदै आएको थियो ।

विश्वबजारमा निकै महंगो रहेको यो औषधि नेपाललाई विश्व स्वास्थ्य संगठनले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस