१८ साउन, काठमाडौं । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डाक्टर जागेश्वर गौतमको सरूवा भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर गौतमलाई थापाथलीस्थित प्रसुति तथा स्त्री रोग अस्पताल सरूवा गरेको हो । गौतमको ठाउँमा ट्रमा सेन्टरका डाक्टर रूद्र मरासिनीलाई पठाइएको छ ।
गत जेठ १० डाक्टर गौतमलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस