बैँक / वित्त

महालक्ष्मी विकास बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटलमा पाउनेछन् विशेष छुट

mahalaxmi aggrement

१८ साउन, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटी हस्पिटलसँग सम्झौता गरेको छ ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरूमा छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकका डेबिड कार्ड र मोवाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ओपीडी टिकट, ल्याब सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र ईसीजी तथा इको सेवामा अधिकतम १०% छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५% छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस