१८ साउन, काठमाडौं । काठमाडौंको कोटेश्वरबाट प्रहरीले लागु औषधसहित ६५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
सप्तरीको राजबिराज घर भएका ६५ वर्षीय परमानन्द मेहतालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले मेहताको साथबाट ३ हजार ७ सय १० एम्पुल नाइट्रोभ्याट, २ सय १५ एम्पुल फेनारगन, डाइजेपाम र नुर्फिन बरामद गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्ने मेहताको साथबाट प्रहरीले ३२ पिस कोरेक्स र ७ पिस स्पाजोम बरामद गरेको छ । आरोपीबारे महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस